दफा
वडाको सङ्ख्या, सीमाना र केन्द्र
(१) नेपाल सरकारले गाउँपालिका तथा नगरपालिकामा रहने वडाको सीमाना र सङ्ख्या निर्धारण गर्नेछ ।
(२) उपदफा (१) बमोजिम वडाको सङ्ख्या निर्धारण गर्दा नेपाल सरकारले गाउँपालिकामा कम्तीमा पाँच र बढीमा एक्काईस वडा तथा नगरपालिकामा कम्तीमा नौ र बढीमा पैतीस वडा हुने गरी निर्धारण गर्नु पर्नेछ ।
(३) सभाले सम्बन्धित वडाको सिफारिसमा देहायका अधारमा तत्काल कायम रहेका सदस्य सङ्ख्याको बहुमतबाट प्रस्ताव पारित गरी वडाको केन्द्र तोक्नेछः–
(क) जनसङ्ख्या तथा जनसङ्ख्या वितरणको अवस्था,
(ख) भौगोलिक निरन्तरता, अनुकूलता तथा विशिष्टता,
(ग) भाषिक, सांस्कृतिक तथा सामाजिक विशिष्टता,
(घ) सेवा सुविधा वितरणको अवस्था र सुगमता,
(ङ) विद्यमान भौतिक पूर्वाधार ।